भक्तपुरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
भक्तपुर । भक्तपुर नगरपालिका–१ चुनदेबीबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । चुनदेबीस्थित नर बहादुर खड्काको आरबिके सप्लायर्समा जुवातास खेलिरहेको अवस्थामा शनिबार दिउँसो प्रहरीले भक्तपुर सल्लाघारी बस्ने सिन्धुलीको कमलामाई नगरपालिका–७ घर भएका ५२ वर्षीय ओम बहादुर जोगी समेत ६ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ६ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१९ जेठ २०८२ १२:३३
जेलेन्स्कीले किङ अफ ड्रोन्सको पत्ता खेले ४० रुसी लडाकु विमान ध्वस्त
१९ जेठ २०८२ १३:४१
वार्ता समिति गठन गरेपनि चक्काजाम जारी
१९ जेठ २०८२ १४:२७
विश्व बैंकद्वारा विद्युत् र सिँचाइका लागि ऋण स्वीकृत
२१ जेठ २०८२ ९:०४
आईपीएलको उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलो पटक जित्यो
१९ जेठ २०८२ १२:२९