भक्तपुरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

भक्तपुर न्यूज

६ माघ २०८१ १६:३६

भक्तपुरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका–१ चुनदेबीबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । चुनदेबीस्थित नर बहादुर खड्काको आरबिके सप्लायर्समा जुवातास खेलिरहेको अवस्थामा शनिबार दिउँसो प्रहरीले भक्तपुर सल्लाघारी बस्ने सिन्धुलीको कमलामाई नगरपालिका–७ घर भएका ५२ वर्षीय ओम बहादुर जोगी समेत ६ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ६ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *