पोखरा एभेन्जर्सका ओपनर एन्ड्रिज गौस ‘प्लेयर अफ द म्याच’ घोषित

भक्तपुर न्यूज

२१ मंसिर २०८१ १६:३०

पोखरा एभेन्जर्सका ओपनर एन्ड्रिज गौस ‘प्लेयर अफ द म्याच’ घोषित

काठमाडौं । एनपीएलमा लुम्बिनी लायन्सविरुद्ध शतक बनाएका पोखरा एभेन्जर्सका ओपनर एन्ड्रिज गौस ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् । शुक्रबार भएको खेलमा उनले एनपीएलमा पहिलो शतक प्रहार गरेका थिए । उनले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ‘एनर्जेटिक मोमेन्ट अफ द म्याच’ प्राप्त गरेका छन् । उनले २५ हजार रुपैयाँ पाएका छन् । यस्तै, गौसले ‘सुपर फोर’को पुरस्कार जितेका छन् । जसमा २५ हजार रुपैयाँको पुरस्कारसहित ५ हजार रुपैयाँको एनसेल रिचार्ज भौचर पनि प्राप्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *