मोटरसाइकलको ठक्करबाट गिरीको मृत्यु
दाङ, ३१ भदौ । दाङमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–७ मोतीपुरका ६४ वर्षीय गोरे गिरी रहेको प्रहरीले जनाएको छ ।
रा २ प ४३९३ नंको मोटरसाइकलको ठक्करबाट घाइते गिरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तुलसीपुर–६ हात्तीखौवामा हिजो दुर्घटनामा परी घाइते भएका गिरीको राप्ती अञ्चल अस्पतालमा उपचारपछि थप उपचारका लागि कोहलपुर लगिएकामा उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको इलका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
मोटरसाइकल चालक तुलसीपुर–१९ का वसन्त थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५