मोटरसाइकलको ठक्करबाट गिरीको मृत्यु

भक्तपुर न्यूज

३१ भदौ २०७४ ६:२४

मोटरसाइकलको ठक्करबाट गिरीको मृत्यु

दाङ, ३१ भदौ । ​दाङमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–७ मोतीपुरका ६४ वर्षीय गोरे गिरी रहेको प्रहरीले जनाएको छ ।
रा २ प ४३९३ नंको मोटरसाइकलको ठक्करबाट घाइते गिरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तुलसीपुर–६ हात्तीखौवामा हिजो दुर्घटनामा परी घाइते भएका गिरीको राप्ती अञ्चल अस्पतालमा उपचारपछि थप उपचारका लागि कोहलपुर लगिएकामा उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको इलका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
मोटरसाइकल चालक तुलसीपुर–१९ का वसन्त थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *