न्यायाधीश सिफारिस, बार रुष्ट
काठमाडौं, २९ भदौ । न्यायपरिषदले सर्वोच्च अदालतको स्थायी न्यायाधीश नियुक्तिका लागि तीनजनाको नाम सिफारिस गरेको छ । उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश बमकुमार श्रेष्ठ, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश डम्बरबहादुर शाही र उच्च अदालत पाटनका मुख्य न्यायाधीश टंकबहादुर मोक्तान न्यायाधीश सिफारिसमा परेका छन् ।
न्यायाधीशमा कानून व्यवसायीलाई समेट्ने परम्परालाई तोड्दै यसपल्ट क्याडरबाट मात्रै सिफारिस गरिएको छ । सिफारिसमा कानुन व्यवसायीलाई पाखा लगाइएको भन्दै नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
