न्यायाधीश सिफारिस, बार रुष्ट

भक्तपुर न्यूज

२९ भदौ २०७४ ३:५३

न्यायाधीश सिफारिस, बार रुष्ट

काठमाडौं, २९ भदौ । न्यायपरिषदले सर्वोच्च अदालतको स्थायी न्यायाधीश नियुक्तिका लागि तीनजनाको नाम सिफारिस गरेको छ । उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश बमकुमार श्रेष्ठ, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश डम्बरबहादुर शाही र उच्च अदालत पाटनका मुख्य न्यायाधीश टंकबहादुर मोक्तान न्यायाधीश सिफारिसमा परेका छन् ।

न्यायाधीशमा कानून व्यवसायीलाई समेट्ने परम्परालाई तोड्दै यसपल्ट क्याडरबाट मात्रै सिफारिस गरिएको छ । सिफारिसमा कानुन व्यवसायीलाई पाखा लगाइएको भन्दै नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *