प्रदेश र संसदको निर्वाचन मंसिर १० र २१ गते गर्ने सरकारको निर्णय
काठमाडौं, १४ भदौ । सरकारले प्रदेश सभा र केन्द्रीय प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १० र मंसिर २१ गरी दुई चरणमा गर्ने निर्णय गरेको हो । यसअघि सरकारले मंसिर १० मा एकैपटक दुई चुनाव गर्ने निर्णय गरेको थियो ।
तर निर्वाचन आयोगले दुई चरणमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गरिनुपर्ने भनि सरकारलाई दिएको सुझावको आधारमा दुइ चरणामा गर्ने निर्णय भएको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता मोहन बस्नेतले जानकारी दिए ।
दुई चरणमा चुनाव गरिने भएपनि कुन जिल्लामा कुन चरणमा गर्ने भन्नेबारे चाहि स्पष्ट पारिएको छैन । निर्वाचन आयोगसँग परामर्शको आधारमा सोबारे थप निर्णय लिइने बस्नेतले बताए ।
बस्नेतले प्रदेश प्रमुख र प्रदेशको राजधानीको बारे राजनीतिक सहमतिको आधारमा राजनीतिक समितिले निर्णय गर्ने बताए ।