बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ
काठमाडौं । बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली फिक्कल गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३१ शान्तिनगर बस्ने ३३ वर्षीय रवि क्षेत्री रहेका छन् । उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
उनी आकर्षक तलबको प्रलोभन देखाएर बेलायत पठाइदन्छु भन्दै १ जना पीडितबाट ५ लाख २० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएपछि पीडितले उजुरी दिएका थिए । पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं तीनकुनेबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१९ वैशाख २०८२ १२:१८
कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुने बोर्डको स्पष्टोक्ति
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
१९ वैशाख २०८२ १३:००
चीन-अमेरिकाबिच व्यापार वार्ता हुने सम्भावना
२१ वैशाख २०८२ १२:५९
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
२१ वैशाख २०८२ ९:५२