आज १ हजारले सुनको मूल्य बढ्यो
भक्तपुर, १३ भदौ । आज सुनचाँदीको मूल्य बढेको छ । सुनमा आज १ हजार रुपैयाँले बढेको हो । हिजो प्रतितोला ५५ हजार ५ सय रुपैयाँ रहेको सुन आज १ हजार रुपैयाँले बढेर ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । हिजो ७ सय ५५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज १५ रुपैयाँ बढेर ७ सय ७० मा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
