सूर्यविनायकमा १ करोडको सुविधा सम्पन्न मोबाईल हाउस
भक्तपुर, १२ भदौ । भक्तपुरको सूर्यविनायस्थित गणेश मन्दिर जाने बाटोमा सबै खालका सेवा सुविधा सहितको मोबाई हाउस सञ्चालनमा आउँदैछ । भक्तपुरका युवा व्यवसायी सुवास महत र रुद्रमणि धितालले करिब १ करोडको लागतामा उक्त हाउस सञ्चालनमा ल्याउन लागेका हुन् ।
जिल्लाकै पहिलो उक्त मोबाईल हाउसमा सबैखालका मोबाईहरु विक्रिवितरण गर्नुका साथै मोबाईल मर्मत पनि गरिने भक्तपुर मोबाईल हाउसका कार्यकारी निर्देशक रुद्रमणि धितालले जानकारी दिए । उनका अनुसार उक्त हाउसमा १ हजारदेखि डेढ लाखसम्मको मुल्यका मोबाईलहरु पाईन्छन् ।
यहि महिनाभित्रमा सञ्चालनमा ल्याउने अन्तिम तयारीमा रहेको यो हाउसमा १६ वटा मोबाईलको शो रुम, ४ वटा मर्मत केन्द्र रहने हाउसका अध्यक्ष सुवास महतले बताएका छन् । बाँकी सेवा सुविधाहरु बजार र उपभोक्ताको माग अनुसार थप गर्दै जाने उनले बताए ।
अध्यक्ष महतले दिएको जानकारी अनुसार उक्त हाउसमा आउने जोकोही सेवाग्राहीले एउटा मोबाईल खरिद गर्दा रित्तो हात फर्किनु नपरोस भनेर एक खरिदमा एक उपहारको व्यवस्था पनि गरिएको छ ।
साथै हाउसले बम्पर उपहार अन्र्तगत टिभी, फ्रिजलगायतका उपहार सेवाग्राहीलाई प्रदान गर्दै जाने भएको छ । यो हाउस भक्तपुरमै आधुनिक तथा सुविधा सम्पन्न भएको हाउसका कार्यकारी निर्देशक धिताले दाबी गरेका छन् ।