एजेन्सी, ९ भदौ । इङ्लिस फुटबल क्लव एभर्टन युरोपा लिग फुटबलको समूह चरणमा प्रवेश गरेको छ । छनोट चरणको अन्तिम खेलमा क्रोएसियाको हाज्दुक स्प्लीटलाई हराउँदै एभर्टनले समूह चरणमा ठाउँ बनाएको हो । हाज्दुक विरुद्ध गएराति भएको दोस्रो लेगको खेल १–१ गोलको बराबरीमा र पहिलो लेगमा २–० ले विजयी भएको एभर्टनले समग्रमा खेल ३–१ ले आफ्नो पक्षमा पारेको हो ।
घरेलु टोलीका रादोसेभिचले पहिलो गोल गरे पनि एभर्टनका नयाँ खेलाडी जिल्फी सिगुर्डसनले ५० यार्ड टाढाबाट आकर्षक गोल गर्दै खेल बराबरी गरेका हुन् ।
युरोपा लिग छनोट चरणका अन्य खेलमा विजयी हुँदै नर्वेको रोजेनवर्ग, युक्रेनको डाईनामो किभ, रोमानियाको बाते बोरीसोभ र रुसको जेनिथ पनि समुह चरणमा पुगेका छन् ।
एभर्टन युरोपा लिग फुटबलको समूह चरणमा प्रवेश
0
Share.
Comments