घानाको अध्यक्षमा पदम राना निर्बिरोध
घाना, ६ भदौ एजेन्सी । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति घानाको तेश्रो वाषिर्क साधारणसभा घानाको आकरामा सम्पन्न भएको छ । संघका अध्यक्ष मीन मगरको सभापतित्वमा भएको साधारणसभाले वर्ष २०१७ (२०१९) का लागि पदम राना मगरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्बसम्मत रुपले चयन गरेको छ ।
समितिमा जगन्नाथ पाठक उपाध्यक्ष, बालकृष्ण निरौला महासचिव, विकास सुवेदी सचिव र कपिल खराल कोषाध्यक्ष चयन भएका छन् । त्यसैगरी सन्जना बुढामगर महिला संयोजक र रोशन श्रेष्ठ युवा संयोजक चयन भएका छन् । समितिको सदस्यहरुमा मनोरथ खडका, बैकुण्ठ पौडेल, युबराज भट्टराई, सुनिल चौधरी र शेरबहादुर खडका रहेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३