टर्कीमा भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु, ३९ घाइते
काठमाडौं । दक्षिणी मेर्सिन प्रान्त टर्किएमा आइतबार भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु हुनुका साथै अन्य ३९ जना घाइते भएको गृहमन्त्री अली येर्लिकायाले जानकारी दिएका छन्।
मेरसिनको भूमध्यसागरीय शहर नजिकैको टार्सस जिल्लामा एउटा इन्टरसिटी यात्रुवाहक बस, ट्रक र कारहरू चेन दुर्घटनामा परेका थिए। वर्षाका कारण बस चिप्लिएर दुर्घटना भएको बताइएको छ।
प्रकाशित मितिः २०८१ जेठ १४ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
