आईपीएलको फाइनल प्रवेशका लागि आज राजस्थान र हैदराबाद खेल्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान रोयल्य र सनराइजर्स हैदराबाद खेल्दैछन् । चेन्नईमा हुने खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे शुरु हुनेछ ।
राजस्थानले एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लुरुलाई पराजित गर्दै दास्रो क्वालिफायरमा प्रवेश गरेको हो । हैदराबाद भने पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो । पहिलो क्वालिफायरको विजेता कोलकाता भने फाइनलमा पुगिसकेको छ । आजको खेल जित्नेले उपाधीका लागि कोलकातासँग खेल्ने छ । फाइनल खेल पर्सि आइतवार हुनेछ ।
प्रकाशित मितिः २०८१ जेठ ११ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
