आईपीएलको फाइनल प्रवेशका लागि आज राजस्थान र हैदराबाद खेल्दै

भक्तपुर न्यूज

११ जेठ २०८१ ७:११

आईपीएलको फाइनल प्रवेशका लागि आज राजस्थान र हैदराबाद खेल्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान रोयल्य र सनराइजर्स हैदराबाद खेल्दैछन् । चेन्नईमा हुने खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे शुरु हुनेछ ।

राजस्थानले एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लुरुलाई पराजित गर्दै दास्रो क्वालिफायरमा प्रवेश गरेको हो । हैदराबाद भने पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो । पहिलो क्वालिफायरको विजेता कोलकाता भने फाइनलमा पुगिसकेको छ । आजको खेल जित्नेले उपाधीका लागि कोलकातासँग खेल्ने छ । फाइनल खेल पर्सि आइतवार हुनेछ ।

प्रकाशित मितिः २०८१ जेठ ११ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *