उपेन्द्र यादवले दायर गरेको रिट ‘हेर्न नभ्याइने’मा

भक्तपुर न्यूज

७ जेठ २०८१ ११:५३

उपेन्द्र यादवले दायर गरेको रिट ‘हेर्न नभ्याइने’मा

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा परेको छ। सर्वोच्च अदालतका न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासमा पेशी सूचीको अन्तिममा रहेको रिटमा सुनुवाइ हुन नसकेको हो।

यादवले पार्टी विभाजन गरी गएका अशोक राईसहित ७ सांसदलाई संसदीय गतिविधिमा सहभागी हुनबाट रोक लगाउन माग गर्दै आइतबार रिट दायर गरेका हुन्। उनीहरुलाई सोमबार संसदमा प्रधानमन्त्रीले लिने विश्वासको मतमा समेत मतदान गर्न रोक लगाउने आदेशको माग रिटमा गरिएको थियो।

तर प्रधानमन्त्रीले कांग्रेसको विरोधका बीच प्रतिनिधिसभाबाट विश्वासको मत लिइसकेका छन्। उनलाई विभाजनपछि गठन भएको जसपाका सातै जना सांसदले मतदान गरे। यादवले यसअघि पार्टी विभाजनविरुद्ध दायर गरेको रिटमा अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

प्रकाशित मितिः २०८१ जेठ ०७ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *