जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजित दल जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सरकारका स्वास्थ्य मन्त्री समेत रहेका सांसद प्रदीप यादवले जानकारी दिए ।
सङ्घीय परिषद्का अध्यक्ष समेत रहेका अशोक राई समूहका सात सांसदले जसपा नेपाल विभाजन जसपा नामको दल निर्वाचन अयोगमा दर्ता गराएको थियो । आयोगले उक्त दललाई मान्यता दिएपछि अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । प्रधानमन्त्रीले लिन लागेको विश्वासको मतको वैधानिकतामाथि प्रश्न उठाउँदै यादवले आइतबार सर्वोच्चमा अर्को मुद्दा दायर गरेका थिए ।
प्रकाशित मितिः २०८१ जेठ ०७ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५