राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान

भक्तपुर न्यूज

६ जेठ २०८१ ९:००

राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान

काठमाडौंं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक यही जेठ ११ देखि १३ गतेसम्म काठमाडौँमा बोलाएको छ ।

बैठकमा पार्टीले उठाउँदै आएको हिन्द राष्ट्र, सङ्घीयतालगायत विषयमा वैचारिक दृष्टिकोण, देशभर पार्टी सङ्गठनको अवस्था, जन वर्गीय सङ्गठनका कार्य प्रगति, पार्टीको आन्तरिक विवाद समाधानको विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा समसामयिक परिस्थितिबारे छलफल गरिनेछ । बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोकिनुका साथै सङ्गठन विस्तार तथा पार्टीलाई आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्य योजनाबारे छलफल गरिनेछ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक प्रतिवेदन तथा महामन्त्री डा धवलशम्शेर जबराले साङ्गठनिक प्रतिवेदन पेस गर्नेछन् । बैठकमा पार्टीको आगामी कार्यक्रम, युवा सहभागिता वृद्धि गर्ने, विधान आवश्यक हेरफेरका लागिसमेत छलफल गरिने छ ।

प्रकाशित मितिः २०८१ जेठ ०६ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *