थ्रीफेस लाइनको तार चुँडिएर गुडिरहेको मोटरसाइक चालक घाईते
काठमाडौं २७ साउन । पोखरामा गुडिरहेको मोटरसाइकलमा बिजुलीको तार खस्दा एक जना घाइते भएका छन् । उक्त घटनामा पोखरा लेखनाथ महानगरपालिका २० भलामका २६ वर्षीय विष्णु बास्तोला घाइते भएका हुन् ।
महेन्द्र पुलबाट ग ६ प ८१२८ नम्बरको पल्सर मोटरसाईकल चढेर घरतर्फ गइरहेका बास्तोलामाथि रानीपौवा आर्मी क्याम्पअगाडि बिजुलीको तार खसेको थियो । थ्रीफेस लाइनको तार चुँडिएर शरीरमा खसेपछि उनी लड्नुका साथै शरीरमा आगो लागेको थियो । स्थानीयले उद्धार गरेर मणिपाल शिक्षण अस्पताल पुर्याएका बास्तोलाको अवस्था गम्भीर रहेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५