यार्सागुम्बा टिप्न गएका युवाको डोल्पामा लेक लागेर मृत्यु

भक्तपुर न्यूज

२८ वैशाख २०८१ ८:४८

यार्सागुम्बा टिप्न गएका युवाको डोल्पामा लेक लागेर मृत्यु

काठमाडौं । यार्सागुम्बा टिप्न गएका जाजरकोटका एक युवाको डोल्पामा लेक लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा बारेकोट गाउँपालिका–१ का १९ वर्षीय देवेन्द्र गुरुङ रहेका छन् ।

उनको यार्सागुम्बा खोज्नका लागि पाटन तर्फजाँदै गर्दा से–फोक्सुन्डो गाउँपालिका–५, दुलुङमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी प्रमुख डीएसपी हरिकृष्ण केसीले जानकारी दिए । उनका अनुसार देवेन्द्रको मंगलबार मृत्यु भए पनि प्रहरीले भने बिहीबार बेलुका मात्रै जानकारी पाएको थियो ।

‘नेटवर्क समस्याले होला हामीले हिजो बेलुका मात्रै जानकारी पायौँ’ डिएसपी केसीले भने, ‘सदरमुकामबाट त्यहाँ पुग्नै दुई दिन लाग्छ । शव लिनका लागि प्रहरी टोली पठाएका छौँ ।’

प्रकाशित मितिः २०८१ बैशाख २८ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *