अमेरिकाले इजरायलमा बमलगायतका विस्फोटक पदार्थ पठाउन रोक

भक्तपुर न्यूज

२६ वैशाख २०८१ ७:२६

अमेरिकाले इजरायलमा बमलगायतका विस्फोटक पदार्थ पठाउन रोक

काठमाडौं । अमेरिकाले गाजाको शहर रफाह आक्रमणलाई ध्यानमा राख्दै इजरायलमा बमलगायतका विस्फोटक पदार्थ पठाउन रोकेको छ ।

राष्ट्रपति जो बाइडेनको प्रशासन कार्यालयका अनुसार अमेरिकाले इजरायल पठाउन लागेको नाै सय सात किलो तौलका एक हजार आठ सय बम र दुई सय २० केजी तौलका एक हजार सात सय बम रोकेको बीबीसीले जनाएको छ ।

इजरायलले गाजाको रफाहमा आक्रमण गर्ने उद्देश्यले त्यहाँ बस्ने मानिसलाई अन्यत्र जान भनेको थियो । तर उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने योजना नबनाएसम्म रफाहमा इजरायली आक्रमणलाई समर्थन नगर्ने अमेरिकाले बताएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले धेरै महिनादेखि रफाहमा हमासविरुद्ध ठूलो मात्रामा कारबाही नगरेसम्म युद्ध जित्न नसकिने भन्दै आक्रमण तीव्र बनाउने कुरामा जोड दिँदै आउनुभएको छ ।

प्रकाशित मितिः २०८१ बैशाख २६ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *