जिल्ला समन्वय समिति भक्तपुरमा एमाले बिजयी
भक्तपुर, २३ साउन । जिल्ला समन्वय समिति भक्तपुरको प्रमुखमा नेकपा एमालेका नवराज गेलाल बिजयी भएका छन् । नेमकिपाका उम्मेदवार कमला भारती गिरीले २ मत ल्याउदा गेलालले पाँच मत प्राप्त गरी विजयी भएका हुन् ।
यस्तै, उपप्रमुखमा पनि एमालेकै सरिता कुँवर बिजयी भइन् । उनले पनि पाँच मत प्राप्त गरिन् । नेमकिपाका उम्मेदवार हरि रत्न गोर्खालीले २ मत प्राप्त गरे । यसैगरी सदस्यमा एमालेकै शकुन्तला श्रेष्ठ, गीता देउजा, कमला पोखरेल, श्रीराम व्यान्जु, उमेश श्रेष्ठ, बाबुकाजी श्रेष्ठ र दलित तथा अल्पसंख्यक सदस्यमा गीता विसुङ्खेले जित हासिल गरेका छन् । उनीहरु सबैले पाँच मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
समन्वय समितिको निर्वाचनमा ८ मत मध्ये एमालेको पाँच, नेमकिपाको दुई मत र नेपाली काँग्रेसको एक मत मत थियो । मध्यपुर थिमि नगरकी उपप्रमुख अन्जना मधिकर्मी भने मतदान प्रक्रियामा समावेश भइनन् । उनी नेपाली कांग्रेसबाट निर्वाचित हुन् ।
समन्वय समितिका प्रमुखमा निर्वाचित भएपछि गेलालले सबै स्थानीय तहलाई समन्वय गराएर काम गर्ने बताए ।