राप्रपा फुट्यो, पशुपति शम्शेरको नेतृत्वमा नयाँ दल
काठमाडौं, २३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा फुटेको छ । अध्यक्ष कमल थापासँग असन्तुष्ट नेता पशुपति शम्शेर राणाले पार्टी फुटाएर नयाँ पार्टी खोलेका हुन्। ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ पार्टी नामको नयाँ दलको नेतृत्व राणाले गर्ने भएका छन्। यसैबीच उनीहरुले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा आवेदन समेत दिएको स्रोतले बतायो। नयाँ पार्टी खोल्नका लागि केन्द्रीय समिति र संसदीय दलको ४० प्रतिशत सदस्यको आवश्यकता रहन्छ।
राणा नेतृत्वको नयाँ दलमा तीन निर्वाचित सांसद सुनिल थापा, दिपक बोहोरा र विक्रम पाण्डे छन्। यस्तै उनीहरूसँग अब २२ सांसद मात्र रहेका छन्। अब कमल थापा नेतृत्वको राप्रपासँग १५ सांसद रहेको एक केन्द्रीय सदस्यले जनाए। पछिल्लो समय संविधान संशोधनका विषयमा अध्यक्ष कमल थापासँग फरक मत राख्दै आएका राणाले अन्ततः पार्टी नै फुटाएका हुन्। अध्यक्ष थापाले एकलौटी रुपमा पार्टी सञ्चालन गरेको आरोप राणाले लगाउँदै आएका थिए। कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै डा प्रकाशचन्द्र लोहनीले छुट्टै दल स्थापना गरिसकेका छन् ।