बलिउड अभिनेता दिलीप कुमार अस्पताल भर्ना
एजेन्सी, १९ साउन । बलिउड कमेडियन अभिनेता दिलीप कुमारको स्वास्थ्यमा समस्या देखिएको छ । स्वास्थ्यमा समस्या आएपछि उनलाई मुंबईको लिलावती अस्पतालमा हिजो भर्ना गरिएको छ ।
पानीको कमी भएर किड्नीमा समस्या आएपछि दिलीपलाई आईसीयुमा भर्ना गरिएको र उनको स्वास्थ्य अवस्था स्थिर भएको चिकित्सकले जनाएका छन् । अहिले उनलाई जनरल वार्डमा राखिएको छ ।
९४ वर्षका दिलीपको पछिल्लो केही समयमा स्वास्थ्य समस्या पनि बढ्दै गएको छ । उनको साथमा उनकी पत्नी सायरा बानो सधैं रहने गरेकी छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
