भक्तपुर–सुडाल जोड्ने गोंस पुलको उद्घाटन
भक्तपुर, १० साउन । भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाको सुडाल जोड्ने ठूलो साँघु (गोंस) पुलको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कार्य सम्पन्न भएपछि सो पुलको आज नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले एक कार्यक्रमकाबीच उद्घाटन गरे ।
भक्तपुर जिल्ला समन्वय समिति र स्थानीय जनताको संयुक्त पहलमा सो पुल निर्माण भएको हो । पुल १० मिटर र ७ दशमलव २० मिटर चौडाईको रहेको छ ।
पुल उद्घाटनमा प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद पोखरेल, स्थानीय विकास अधिकारी ध्रुर्व कोइराला, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रलगायत स्थानीयको उपस्थिति थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२५