भक्तपुर–सुडाल जोड्ने गोंस पुलको उद्घाटन

भक्तपुर न्यूज

१० साउन २०७४ १२:०९

भक्तपुर–सुडाल जोड्ने गोंस पुलको उद्घाटन

भक्तपुर, १० साउन । भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाको सुडाल जोड्ने ठूलो साँघु (गोंस) पुलको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कार्य सम्पन्न भएपछि सो पुलको आज नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले एक कार्यक्रमकाबीच उद्घाटन गरे ।
भक्तपुर जिल्ला समन्वय समिति र स्थानीय जनताको संयुक्त पहलमा सो पुल निर्माण भएको हो । पुल १० मिटर र ७ दशमलव २० मिटर चौडाईको रहेको छ ।
पुल उद्घाटनमा प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद पोखरेल, स्थानीय विकास अधिकारी ध्रुर्व कोइराला, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रलगायत स्थानीयको उपस्थिति थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *