ग्रिस र टर्कीमा शक्तिशाली भूकम्प
एजेन्सी, ६ साउन । ग्रिस र टर्कीको सीमा रहेको इजियन सागर गएको शक्तिशाली भूकम्पका कारण दुईजनाको मृत्यु भएको छ । टर्की तथा ग्रिसको तटीय क्षेत्रमा नजिक केन्द्रविन्दु भएर ६ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पमा परि ग्रिसको कोस आइल्याण्डमा दुईजनाको मृत्यु भएको सरकारी अधिकारीले बताएका छन् । झण्डै दुई सय जना घाइते भएका छन् ।
घाइते हुनेमा ग्रिसका कोस आइल्याण्डमा रहेका एक सय २० तथा टर्कीका ७० जना रहेको दुई देशका अधिकारीले बताएका छन् । ग्रिस तथा टर्कीको लोकप्रिय पर्यटकीय गन्तव्य भूकम्पका कारण बढी प्रभावित भएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३