प्रधानमन्त्रीको प्रेस संयोजकमा परियार
काठमाडौं, २६ असार । पत्रकार गोविन्द परियार प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस संयोजकमा नियुक्त भएका छन् । परियारलाई सोमबारको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको प्रेस संयोजकमा नियुक्त गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
समाजशास्त्रमा स्नातकोत्तर परियार विगत १५ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् । परियारले आमसञ्चार विषयमा संयुक्त राज्य अमेरिकाको ओहायो विश्वविद्यालयबाट ६ महिने कोर्षसमेत गरेका छन् ।
तनहुँको भानु नगरपालिकामा जन्मेका परियारले खोज पत्रकारिताको विषयमा बेलायतको ‘थम्सन फाउण्डेसनबाट अन्तर्राष्ट्रिय पुरस्कारसमेत पाएका थिए ।
विगत १५ वर्षदेखि मूलधारको पत्रकारितामा सक्रिय उनी पछिल्लो समय अन्नपूर्ण दैनिकसँग आवद्ध थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२५