प्रधानमन्त्रीको प्रेस संयोजकमा परियार

भक्तपुर न्यूज

२६ असार २०७४ १०:००

प्रधानमन्त्रीको प्रेस संयोजकमा परियार

काठमाडौं, २६ असार । पत्रकार गोविन्द परियार प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस संयोजकमा नियुक्त भएका छन् । परियारलाई सोमबारको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको प्रेस संयोजकमा नियुक्त गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
समाजशास्त्रमा स्नातकोत्तर परियार विगत १५ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् । परियारले आमसञ्चार विषयमा संयुक्त राज्य अमेरिकाको ओहायो विश्वविद्यालयबाट ६ महिने कोर्षसमेत गरेका छन् ।
तनहुँको भानु नगरपालिकामा जन्मेका परियारले खोज पत्रकारिताको विषयमा बेलायतको ‘थम्सन फाउण्डेसनबाट अन्तर्राष्ट्रिय पुरस्कारसमेत पाएका थिए ।
विगत १५ वर्षदेखि मूलधारको पत्रकारितामा सक्रिय उनी पछिल्लो समय अन्नपूर्ण दैनिकसँग आवद्ध थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *