हमासले नेपालीलाई बन्धक बनाएको भिडियो सार्वजनिक

भक्तपुर न्यूज

४ मंसिर २०८० ६:१८

हमासले नेपालीलाई बन्धक बनाएको भिडियो सार्वजनिक

काठमाडौं । इजरायली ​डिफेन्स फोर्स (आइडिएफ)ले नेपालीलाई हमासले बन्धक बनाएको भन्दै एक भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियो गाजाको अल शिफा अस्पतालको भएको बताइएको छ ।

आइडिएफले सार्वजनिक गरेको भिडियोमा हमासले दुई जना घाइतेलाई अस्पताल लैजाँदै गरेको दृश्य छ । एक नेपाली र एक थाई नागरिकलाई घाइते अवस्थामा अस्पताल लगिँदै गरेको आइडिएफले जनाएको छ ।

भिडियोमा एक जनालाई डोहोर्‍याइँदै अस्पतालभित्र लगिएको र अर्का व्यक्तिलाई स्ट्रेचरमा राखेर उपचार कक्षमा लगिएको देखिन्छ । तर उनीहरूको अनुहार भने देखिँदैन । भिडयोमा हतियार बोकेका व्यक्तिहरू पनि देखिन्छन् ।

https://twitter.com/IDF/status/1726319791865016493?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1726319791865016493%7Ctwgr%5E242ff56c4a88316e196d0ab6217d028f8df86d52%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Ffarakdharnews.com%2Fstory%2F122584%2F

प्रकाशित मितिः २०८० मंसिर ०४ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *