आजदेखि बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्ने

भक्तपुर न्यूज

११ साउन २०८० ९:५२

आजदेखि बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्ने

काठमाडौं । बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयलका अनुसार काठमाडौं उपत्यकासहित बागमती प्रदेशभरि लागू हुने गरी सार्वजनिक यातायातको भाडा घटाइएको हो ।

लामो दूरीको सार्वजनिक यातायातमा २.३० प्रतिशत, सिटी बसमा २.२६ प्रतिशत र मालवाहक सवारीमा ३.१८ प्रतिशत भाडा घटेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वाचालित मूल्य प्रणाली लागू गरेसँगै इन्धनको भाउ घटेपछि मन्त्रालयले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो ।

प्रकाशित मितिः २०८० साउन ११ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *