ताप्लेजुङको फुङलिङ–काबेली सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध

भक्तपुर न्यूज

११ साउन २०८० ९:१०

ताप्लेजुङको फुङलिङ–काबेली सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध

ताप्लेजुङ । मेची राजमार्गअन्तर्गत ताप्लेजुङको फुङलिङ–काबेली खण्डको खोक्से क्षेत्रमा गए राति गएको पहिरोका कारण सडक बन्द भएको छ ।

गए राति झरेको पहिरो पन्छाउन शुक्रवारसम्म लाग्न सक्ने सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीले जानकारी दिए । पहिरोमा ठूल्ठूला ढुङ्गा आएकोले एक्स्काभेटर नै झिकाउनुपर्ने अवस्था आएको उनले बताएका छन् । सडक डिभिजन कार्यालय इलामबाट एक्स्काभेटर झिकाउनुपर्ने भएकाले सडक खुल्न ढिला हुने भएको हो ।

अहिले बाटो बन्द भएपछि झापाको बिर्तामोड, इलाम, पाँचथर जिल्लाका साथै विभिन्न क्षेत्रबाट आएका बस, जीप र ट्रक बीच बाटोमै रोकिएका छन् । गाडी बीच बाटोमै रोकिँदा बिहानैदेखि हिँडेका यात्रुको बिजोग भएको छ ।

प्रकाशित मितिः २०८० साउन ११ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *