उत्तर कोरियाली नेता किम र रुसी रक्षामन्त्री साइगुबीच भेटवार्ता
काठमाडौं । उत्तर कोरियाको भ्रमणमा रहेका रुसी रक्षामन्त्री सर्गेई सोइगुले उत्तरकोरियाली नेता किम जोङ उनसँग भेटवार्ता गरेका छन् । उत्तर कोरियाको राजधानी प्योङयाङमा भएको भेटवार्तामा दुई देशबीचको रक्षा सम्बन्धलाई थप मजबुद बनाउने विषयमा केन्द्रीत रहेको उत्तर कोरियाली सञ्चारमाध्यमले जनाएका छन् ।
रक्षा, क्षेत्रीय सुरक्षालगायतका आपसी हितका विषयमा कुराकानी भएको जनाइएको छ । युक्रेन युद्धका कारण पश्चिमा देशहरुसँगको सम्बन्ध बिग्रिएको रुस र पश्चिमाहरुसँग परम्परागत रुमा दुश्मनी राख्दै आएको उत्तर कोरियाबीचको यो वार्तालाई अर्थपूर्ण भनिएको छ ।
वार्तापछि उत्तर कोरियाली नेता किमले रुसी रक्षामन्त्रीलाई क्षेप्यास्त्रहरुको भण्डारण देखाउनु भएको समाचारमा उल्लेख छ । एजेन्सी
प्रकाशित मितिः २०८० साउन ११ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३३
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२२ वैशाख २०८२ ११:५५