दाङको सङ्ग्रामखोला नजिकै बस दुर्घटना हुँदा ८ जना घाइते
काठमाडौं । दाङको सङ्ग्रामखोला नजिकै बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घोराहीबाट तुलसीपुरका लागि छुटेको रा १ ख १३१२ नम्बरको बस घोराही-तुलसीपुर सडक खण्डको सङ्ग्रामखोला नजिकै सडकको छेउमा पल्टिएकाे हाे ।
घाइते हुनेमा तिलकबहादुर रोका, २२ वर्षीया अञ्जु चौधरी, ३५ वर्षीया दिलकुमारी बुढा, २६ वर्षीया निता बुढा, ४६ वर्षीया नम्रता पोख्रेल, ४२ वर्षीय घनश्याम बस्नेत, ३६ वर्षीया मनकुमारी खत्री र ४३ वर्षीया मिना गिरी रहेका छन् ।
घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घटनालगत्तै गाडी नियन्त्रणमा लिइ चालकलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित मितिः २०८० साउन ०८ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२५ वैशाख २०८२ १०:५४
पिएसजी च्याम्पियन्स लिगको फाइनलमा
२५ वैशाख २०८२ १४:४८
“अपरेशन सिन्दूर” जारी : भारतीय विमान अपहरणकारी अजहर २६ वर्षपछि मारिए
२५ वैशाख २०८२ १०:५३
चेन्नई सुपर किंग्सको तेस्रो जित
२५ वैशाख २०८२ १०:५८