मौसम : देशभर मुख्यतः आंशिक बदली रहने
काठमाडौं । देशमा हाल पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतः सफा वा आंशिक बदली देखिएको छ। केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र लगायत पहाडी भूभागमा अधिकतम तापक्रम बढेको छ। आज दिउँसो कोशी प्रदेशसहित अधिकांश पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतः सफा वा आंशिक बदली रहने अनुमान गरिएको छ।कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा तथा अन्य पहाडी भूभागका एक-दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावनासमेत रहेको छ। आज राति कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। अन्य क्षेत्रहरूमा मौसम मुख्यतः सफा वा आंशिक बदली रहने अनुमान छ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने सम्भावना छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
