एक क्विन्टल सुन तस्करी प्रकरण: भन्सार अधिकृतसहित ६ जना पक्राउ
काठमाडौं । त्रिभुवन विमानस्थलबाट एक क्विन्टल सुन तस्करी प्रकरणमा ६ जना पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागको विशेष टोलीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्टलाई पक्राउ गरेको हो ।
यससँगै यस प्रकरणमा हालसम्म १६ जना पक्राउ परिसकेका छन् । आइतबार पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, एक्सरे अपरेटर सरोज श्रेष्ठ, खरिदार एवम् जाँचकी कुमार ढकाल तथा भन्सार एजेन्टहरु यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा रहेका छन् । तस्करीमा संलग्न अन्यको खोजी र अनुसन्धान जारी रहेको विभागले जनाएको छ ।
प्रकाशित मितिः २०८० साउन ०७ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२४ वैशाख २०८२ १४:४५
भारतको दाबी : “अपरेशन सिन्दूर” नापतौलपूर्ण आक्रमण
२५ वैशाख २०८२ १४:४८
“अपरेशन सिन्दूर” जारी : भारतीय विमान अपहरणकारी अजहर २६ वर्षपछि मारिए
२५ वैशाख २०८२ १०:५४
पिएसजी च्याम्पियन्स लिगको फाइनलमा
२५ वैशाख २०८२ १०:५३