राजदूत शेर्पाद्वारा ओहोदाको प्रमाणपत्र पेश

भक्तपुर न्यूज

१३ असार २०७४ ७:३७

राजदूत शेर्पाद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं,(एजेन्सी) १३ असार। अष्ट्रेलियाका लागि नव नियुक्त नेपाली राजदूत लक्की शेर्पाद्वारा अष्ट्रेलियाका गभर्नर जनरल सर पिटर कोस्ग्रोव समक्ष मंगलवार यहाँ आयोजित एक औपचारिक कार्यक्रमवीच आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरिएको छ ।

क्यानवेराको यारालुम्ला स्थित गभर्मेन्ट हाउसमा आयोजित एक औपचारिक समारोहका बीच राजदूत शेर्पाले गभर्नर जनरल कोस्ग्रोव समक्ष ओहोदाको प्रामाणपत्रको सक्कल पेश गरी पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छिन् ।

राजदूत शेर्पा कार्यक्रममा नेपाली शेर्पा पोसाकमै उपस्थित भएकी थिइन । उक्त समारोहमा गभर्नर जनरल कोस्ग्रोवकी धर्म पत्नि लेडी कोस्ग्रोवको पनि उपस्थिति थियो । मंगलबार भएको द्विपक्षीय भेटका क्रममा गभर्नर जनरल कोस्ग्रोवद्वारा राजदूत शेर्पाको सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो भने राजदूत शेर्पाद्वारा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गभर्नर जेनरललाई पठाइएको शुभकामना सन्देश सुनाइएको थियो ।

अष्ट्रेलियाको कुट्नैतिक प्रावधान अनुरुप यहाको कार्यकारी प्रमुखका हैसियतले गभर्नर जनरल समक्ष ओहोदाको प्रमाण पत्र पेश गर्नु पर्ने प्रचलन छ । यससंगै शेर्पाले मंगलबारदेखि अस्ट्रेलियाका लागि नेपाली राजदूतका रुपमा आफ्नो कार्यभार सम्हालेकी छन् ।

बिगत एक वर्ष भन्दा लामो समय देखि राजदूत बिहिन भएको दूतावासले नयाँ नेतृत्व पाएसंगै आगामी कार्ययोजनाले पनि तीव्रता पाउने छ । गत ४ जेठ गते नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अष्ट्रेलियाका लागि नेपाली राजदूतमा नियूक्त गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *