बूढानीलकण्ठ नगरपालिकाले प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्ने

भक्तपुर न्यूज

७ साउन २०८० ९:१५

बूढानीलकण्ठ नगरपालिकाले प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्ने

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले परीक्षामार्फत प्रधानाध्यापक नियुक्त गर्ने भएको छ । नगरपालिकाले प्रधानाध्यापक नियुक्तिका लागि साउन १८ गते परीक्षा गर्ने गरी तालिका सार्वजनिक गरिसकेको छ ।

बूढानीलकण्ठभित्रका सामुदायिक विद्यालयहरूमा कार्यरत स्थायी शिक्षकहरूले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । आवेदकले आधारभूत तहको लागि स्नातक तह वा सो सरह उतीर्ण गरेको र माध्यमिक तहको लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

त्यस्तै सम्बन्धित तहको शिक्षक पदमा कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको व्यक्तिले प्रधानाध्यापकमा आवेदन दिन पाउनेछन् ।

प्रकाशित मितिः २०८० साउन ०७ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *