मलेखुमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको रोराङ गाउँपालिका-३ मलेखुमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
काठमाडौबाट मुग्लिङतर्फ आउँदै गरेको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२(०३७ प ७७३१ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक ९डीएसपी० सन्तु जैसवालले जानकारी दिए ।
डीएसपी जैसवालका अनुसार मोटरसाइकलको पछाडि सवार महिला घाइते भएकी छन् । घाइते महिलाको उपचारको लागि काठमाडौंको बी एण्ड बी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०८० साउन ०५ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२४ वैशाख २०८२ १४:४५
भारतको दाबी : “अपरेशन सिन्दूर” नापतौलपूर्ण आक्रमण
२४ वैशाख २०८२ ११:३९
वर्षाले प्रभावित खेल जित्दै गुजरात आइपीएलको शीर्ष स्थानमा
२५ वैशाख २०८२ १०:५४
पिएसजी च्याम्पियन्स लिगको फाइनलमा
२४ वैशाख २०८२ ११:३७