सिसडोलमा फोहोर लैजाने क्रममा प्रहरी र स्थानीयबीच झडप

भक्तपुर न्यूज

५ साउन २०८० ११:३६

सिसडोलमा फोहोर लैजाने क्रममा प्रहरी र स्थानीयबीच झडप

काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा काठमाडौं उपत्यकाको फोहोर लैजाने क्रममा झडप भएको छ । शहरी विकास मन्त्रालय र काठमाडौं उपत्यकाका स्थानीय तहको अनुरोधमा प्रहरी स्कर्टिङमा फोहोर लैजाने क्रममा स्थानीयले अवरोध गरेपछि सिसडोल क्षेत्रमा झडप भएको स्थानीयले बताएका छन् ।

फोहोर मैला व्यवस्थापन संघका महासचिव मित्र घिमिरेका अनुसार काठमाडौंमा फोहोर लोड भएका गाडी लिएर नेपाल प्रहरीले स्कर्टिङमा लगेको थियो । तर, सिसडोलमै स्थानीयले रोकेपछि प्रहरी र स्थानीयबीच झडप भएको हो । अहिलेपनि स्थानीयको अवरोधले फोहोरको गाडी अगाडि बढ्न नसकेको घिमिरेले बताए ।

प्रकाशित मितिः २०८० साउन ०५ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *