प्रेस चौतारी नेपालका अध्यक्ष बस्नेतविरुद्ध प्रेस काउन्सिलमा उजुरी

भक्तपुर न्यूज

४ साउन २०८० १०:४२

प्रेस चौतारी नेपालका अध्यक्ष बस्नेतविरुद्ध प्रेस काउन्सिलमा उजुरी

काठमाडौं । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतविरुद्ध प्रेस काउन्सिलमा उजुरी परेको छ। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध भ्रामक प्रचार गरेकाे आरोपमा उनीविरूद्ध उजुरी परेकाे हाे ।

बस्नेतले गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘सुन पास गराएको’ भन्दै फेसबुकमार्फत भ्रामक प्रचार गरेको र जनबोली डटकमले पनि सोही किसिमको समाचार लेखेकाे भन्दै दुवैविरुद्ध उजुरी परेकाे हाे ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले बस्नेतविरुद्ध प्रहरीको साइबर ब्युरो र जनबोली डटकमविरुद्ध प्रेस काउन्सिलमा आजै उजुरी दिएका हुन्।

अध्यक्ष बस्नेतले ‘आफूलाई सूचना आएको’ भन्दै साउन ४ गतेको फेसबुक स्टाटसमा श्रेष्ठमाथि ‘सुन पास गराएको’ आरोप लगाएका थिए। यस प्रकरणले गृहमन्त्री श्रेष्ठको व्यक्तिगत निष्ठा, आचरण र नैतिकतामाथि हिलो छ्याप्ने काम गरेको उजुरीमा उल्लेख छ।

प्रकाशित मितिः २०८० साउन ०४ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *