सुन प्रकरण छानबिनका लागि समिति गठन
काठमाडौं । भन्सार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भइसकेपछि बरामद भएको सुन प्रकरणका समबन्धमा छानबिन समिति गठन गरेको छ।
विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काका अनुसार विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलसहित ६ सदस्यीय छानविन समिति गठन गरिएको छ । यो समितिले पाँच दिनभित्र आफ्नो प्रतिवेदन बुझाउनुपर्ने छ ।
खड्काले भने, ‘‘विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ । उक्त समितिले पाँच दिनभित्र अनुसन्धान गरी प्रतिवेदन बुझउनेछ ।’’
उनले भन्सार कार्यालयका कर्मचारीको कमजोरी वा आन्तरिक त्रुटिले सुन भित्रिएको आशङ्कामा अनुसन्धान गर्न समिति गठन गरिएको बताए । छानविन समितिले भन्सार जाँचपास गर्दाको गतिविधि र भन्सार प्रक्रियाअनुसार नै जाँचपास गरे, नगरेको अनुसन्धान गर्नेछ ।
प्रकाशित मितिः २०८० साउन ०४ बिहिबार