भारतविरुद्ध रोहित पौडेलको अर्धशतक

भक्तपुर न्यूज

१ साउन २०८० ११:२३

भारतविरुद्ध रोहित पौडेलको अर्धशतक

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपाली टिमका कप्तान रोहित पौडेलले भारत ए विरुद्ध अर्धशतक बनाएका छन् ।

कमजोर सुरुवात गरेको नेपालका लागि चौथो नम्बरमा ब्याटिङ गरेका रोहितले इनिङ्स सम्हालेका हुन् । उनले २८औं ओभरमा अर्धशतक प्रहार गरेका थिए । लिस्ट ए क्रिकेटमा रोहितको यो नवौं अर्धशतक हो ।

उनले लिस्ट ए मा १ अर्धतशक र ९ अर्धशतक सहित १ हजार सात सय भन्दा बढी रन बनाइसकेका छन् । १० ओभरमै ५ विकेट गुमाएर ३४ रन बनाएको कमजोर अवस्थाबाट रोहित र सोमपाल कामीले छैटौं विकेटका लागि ५३ रनको साझेदारी गरेका थिए ।

सोमपाल १४ रन बनाएर आउट भएपछि अहिले रोहित र गुल्सन झा ले नेपालको इनिङ्स अगाडि बढाइरहेका छन् ।

प्रकाशित मितिः २०८० साउन ०१ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *