दर्शक कुट्ने आर्मीका तीनजना भलिबल खेलाडीलाई प्रतिबन्ध
काठमाडौं । खेल हेर्न आएका दर्शकलाई कुट्न जाने त्रिभुवन आर्मी क्लबका भलिबल खेलाडी धनबहादुर भट्टलाई ६ महिनाको प्रतिबन्ध लगाएको छ। नेपाल भलिबल संघले नेपाली राष्ट्रिय टोलीका समेत खेलाडी रहेका भट्टलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै प्रतियोगितामा ६ महिनाको प्रतिबन्ध लगाएको हो।
सातौं प्रधानमन्त्री कप राष्ट्रिय भलिबल क्लब लिगको गण्डकी प्रदेशसँगको खेल दौरान धनबहादुर भलिबल कोर्ट नै छाडेर एक दर्शकलाई मुक्का हान्न पुगेका थिए। उक्त खेलमा आर्मी टिमका खेलाडीहरुले होस गुमाउँदा दर्शकमाथि जाई लागेका थिए।
त्यसैगरी दर्शकलाई हातपात गरेको आरोपमा आर्मीकै राजेन्द्र विष्ट र धनपती कुँवरलाई पनि ३ महिनाको प्रतिबन्ध लगाइएको छ। यस घटनाको छानबिन समितिले बुझाएको प्रतिवेदनको आधारमा भलिबल संघले यो कारबाही गरेको हो।
प्रकाशित मितिः २०८० असार ३१ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२६ वैशाख २०८२ १७:०७
काठमाडौंमा राप्रपाको मोटरसाइकल र्याली
२७ वैशाख २०८२ ८:४४
देशको पहाडी भू–भागमा मध्यम वर्षाको सम्भावना
२७ वैशाख २०८२ ९:११
भारतले विरोध गरेपनि पाकिस्तानले आइएमएफबाट ऋण पायो
२६ वैशाख २०८२ १७:०३