संघीय सांसदहरूलाई सम्पत्ति विवरण बुझाउन आग्रह
काठमाडौं । संसद् सचिवालयले सांसदहरूलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ। संघीय संसद् सचिवालयअन्तर्गत सांसद सुविधा व्यवस्थापन शाखाले आइतबार सूचना जारी गर्दै आर्थिक वर्ष २०७९/०८० को सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो । सचिवालयले आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र अर्थात् भदौ २८ गतेसम्म आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा सहितको अद्यावधिक सम्पत्ति विवरण बुझाउन भनेको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ क को उपदफा (१) बमोजिम संघीय संसदका प्रत्येक सदस्यले आर्थिक वर्ष सकिएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२६ वैशाख २०८२ १७:०७
काठमाडौंमा राप्रपाको मोटरसाइकल र्याली
२७ वैशाख २०८२ ८:४४
देशको पहाडी भू–भागमा मध्यम वर्षाको सम्भावना
२७ वैशाख २०८२ ९:११
भारतले विरोध गरेपनि पाकिस्तानले आइएमएफबाट ऋण पायो
२६ वैशाख २०८२ १७:०३