किरियापुत्री भवन बनाउन गठ्ठाघरमा महायज्ञ
भक्तपुर । पितृमुक्तिको लागि १३ दिनसम्म कियाकर्म गर्न अधुरो रहेको पृतिमुक्ति भवन निर्माण पुरा गर्न भक्तपुरको गठ्ठाघरमा जेठ चार गतेदेखि श्रीमद् भागवत महायज्ञ हुने भएको छ ।
महायज्ञ स्थलमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा अधुरो यो भवन पुरा गर्न महायज्ञ लगाउन लागेको सनातन पितृमुक्ति समाज गठ्ठाघरका अध्यक्ष खेम सुवेदीले बताए । महायज्ञबाट उठेको दानबाट भवन निर्माण, अक्षयकोष र पुस्तकालय बनाउने योजना रहेको उहाले जानकारी दिए । जेठ ४ देखि सुुरु हुने महायज्ञको मञ्जरी राधिका दाशीले कथाबाचन गर्नु हुने उहनले बताए । श्रीमतद् भागवत १० गतेसम्म सञ्चालन हुनेछ ।
‘किरियापुत्री भवन निर्माण जस्तो सामाजिक कार्य पुरा गर्न “अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने” भन्ने अभियानलाई सार्थता दिन महायज्ञ गर्न लागेका छौ,”उनले भने । महायज्ञ सफल पार्न १७ वटा उपसमिति बनाएको समते जानकारी दिए ।
२०६९ सालको पुरानबाट उठेको रकमबाट यो भवन निर्माण सुरु भएको हो । “भवन निर्माण गर्न धेरै समाजसेवीहरुसंग सहयोग संलकन गर्यौ तर, पुरा गर्न नसकेकोले अधुरो भवन पुरा गर्ने उद्येश्यले पुनः महायज्ञ लगाउनु परेको हो,”सुवेदीले भने ,,“महायज्ञबाट दुई करोड भन्दा बढी संकलन गर्ने लक्ष्य लिएको यहाहरुलाई जानकारी गराउँदछौ । महायज्ञबाट उठेको रकमबाट बहुउद्येशीय यो भवन बनाउन हामी सफल हुनेछौ । यो अधुरो भवन बनाउन आवश्यक पर्ने आर्थिक सहयोग गर्न दाताहरु आतुर हुनुहुन्छ ।” दाताले दिएको सहयोगको आधारमा सम्मानको बिशेष व्यवस्था मिलाएका उनले बताए ।
पाँच आना दुई पैसा जग्गामा तीन तला भवन निर्माण भइसकेको छ । भवन निर्माण, शौचालय, ढिकोरो उठाउन सहित गरी एक करोड ६३ लाख रुपैयाँ खर्च भएको सुवेदीले बताए । “अधुरो भवन निर्माण गर्न १६ लाख अहिले पनि ऋण छ,” उनले भने, यो“ऋण तिर्न र नयाँ संरचना बनाउन पनि महायज्ञ लगाउनु परेको हो ।