दरबार क्षेत्रस्थित नगरपालिका भवन रहेको थन्थु दरबार पुनःनिर्माण गरिने

भक्तपुर न्यूज

१ असार २०८० ४:१७

दरबार क्षेत्रस्थित नगरपालिका भवन रहेको थन्थु दरबार पुनःनिर्माण गरिने
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख एवम् थन्थु दरबार पुनःनिर्माण निर्देशक समितिका संयोजक सुनिल प्रजापतिले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त धेरै महत्वपूर्ण सम्पदाहरु पुनःनिर्माण तथा जीर्णोद्धार सम्पन्न भइसकेको बताएका छन् ।
 भक्तपुर नपाले यो वर्ष भक्तपुर नपाको पुरानो नगरपालिका भवन रहेको थन्थु दरबार पुनःनिर्माण कार्य अगाडि बढाउने योजनाअनुरुप बहुवर्षीय योजनाको रुपमा समावेश गरिएको बताएका हुन् ।
थन्थु दरबार उत्खनन्का क्रममा भेटिएका ऐतिहासिक तथा पुरातात्विक वस्तुहरुको दस्तावेजीकरणमा विशेष ध्यान दिनुपर्ने बताउँदै उनले थन्थु दरबारलाई पुरानै मौलिक शैलीमा पुनःनिर्माण गर्न समिति प्रतिबद्ध रहेको बताए ।
बैठकले २०७२ सालको भूकम्पबाट भत्किएको भक्तपुर नगरपालिकाकाको पुरानो भवन रहेको दरबार क्षेत्रस्थित ऐतिहासिक थन्थु दरबार पुनःनिर्माण गर्ने कार्य स्विकृत नक्सा डिजाइन अनुसार अगाडि बढाउने निर्णय गर्यो ।
पुनःनिर्माणको क्रममा भेटिने ऐतिहासिक एवं पुरातात्विक महत्वका संवेदनशील सामग्रीहरुको अभिलेख भक्तपुर नगरपालिका, जिल्ला प्रशासन कार्यालय, भक्तपुर र पुरातत्व विभाग, दरवार हेरचाह तथा स्मारक संरक्षण कार्यालय, भक्तपुरमा सुरक्षित राख्ने निर्णय गर्यो ।
उक्त बैठकले थन्थु दरबार पुनःनिर्माणको क्रममा आवश्यक सुरक्षाको बन्दोबस्त जिल्ला प्रशासन कार्यालय, भक्तपुरमार्फत गर्ने निर्णय गर्यो ।
बैठकमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, स्मारक संरक्षण तथा दरबार हेरचाह केन्द्र भक्तपुरका प्रमुख अरुणा नकर्मी, इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठ, प्राध्यापक प्रेमनाथ मास्के, इ. सरोज वैद्यलगायतले थन्थु दरबारको इतिहास, महत्व र योगदानबारे आ–आफ्नो विचार प्रस्तुत गरेका थिए ।
सोही क्रममा थन्थु दरबार पुनःनिर्माणका आयोजना प्रमुख विजयराम कोजुले थन्थु दरबारको अहिलेसम्मको अवस्था र आगामी योजनाबारे प्रस्तुतीकरण गरेका थिए ।
थन्थु दरबार पुनःनिर्माण निर्देशक समितिमा भक्तपुर नपाका जनप्रतिनिधि, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, संस्कृतिविद्लगायतको प्रतिनिधित्व रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *