आज सुनचाँदीको मूल्य स्थिर
काठमाडौं, ४ असार । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । शुक्रवार प्रतितोला ५४ हजार ५ सय रुपैयाँ रहेको सुन आज पनि ५४ हजार ५ सय रुपैयाँका कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रवार ७ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज पनि ७ सय ५० मा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
