दुबईमा नेपाली युवतीको हत्या
युएई । संयुक्त अरव इमिरेट्स (युएई)को दुवईमा भोताङ–८, सिन्धुपाल्चोककी २५ वर्षीय लप्साङ तामाङको मे २० मा हत्या भएको नेपाली दूतावासले जनाएको छ ।
आवुधावीस्थित नेपाली दूतावासका प्रवक्ता कृष्ण अर्यालका अनुसार तामाङको हत्यामा संलग्न रहेको आंशाकमा भोताङ–८, सिन्धुपाल्चोकका वुले तामाङलाई पक्राउ गरी छानविन भइरहेको छ । ‘प्रहरीले घटनाको छानविन गरिरहेकोले पुर्ण विवरण उपलब्ध गराएको छैन,’ अर्यालले भने । उनका शव ‘इमिरेट्स हिल’ मा फेला परेको दूतावासले जनाएको छ । वुले तामाङ लप्साङकै गाँउले हुन् । वुले घरेलु कामदार हुन् ।
लोप्साङ चार वर्षदेखि दुवईमा कार्यरत थिइन् । पछिल्लो समय गत फेव्रवरी १४ तारिख उनी के पप चिकेन कम्पनीमा सेल्स गर्लको रुपमा गएकी थिइन । उनी त्यस कम्पनीका सञ्चालक कोरियन नागरीक लुको घरमा कार्यरत थिइन् । ‘मैले मेरो स्पोन्सरसीपमा परिवर्तन गर्ने तयारीमा थिएँ । मेरो घरमै कार्यरत थिइन । प्रहरीले हत्या भएको मात्रै खवर दिएको छ । त्यो भन्दा पुरा विवरण केही भनेको छैन’, उनले नेपाली दूतावासलाई जानकारी दिएका छन् ।
घटनाको वारे दुवईस्थित वसाहा प्रहरी चौकीबाट छानविन भइरहेको छ । लोप्साङको काठमाडौंस्थित आफन्तसँग गत शनिवारबाट सम्र्पक बिहिन भएका थिए । आफन्तहरुले घटनाको उचित छानविनको लागि सहयोग गर्न नेपाली दूतावाससमक्ष अनुरोध गरेका छन् । स्थानीय सञ्चारमाध्यमले सफाई मजदुरले लप्साङको शव फेला परेको जनाएको छ । सिसिटिभीमा वुले तामाङसँगै घरभित्र गएको देखिएको प्रहरीलाई उद्धत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।
आजको कान्तिपुरमा खबर छ ।